एकै परिवारका तीन दिदी-बहिनीले गरे सँगै सगरमाथा आरोहण

विश्वका सबै उच्च हिम शिखर चढी विश्व कीर्तिमान बनाउने अभियानमा लागेका एकै परिवारका तीन दिदी-बहिनीले बुधबार बिहान सगरमाथाको सफल आरोहण गरेका छन् ।

आधार शिविरका अधिकारीका अनुसार तीन दिदी-बहिनी निमा जङ्बु शेर्पा, छिरिङ नम्ग्या शेर्पा र दावा फुटी शेर्पा बिहान ७ बजे शिखरको टाकुरामा पुगेका हुन् ।

‘यी तीन जना दिदी बहिनी पहिलो तीन आरोही हुन् जसले सँगसँगै सगरमाथा चढेका छन् ’, इन्टरनेसनल फेडेरेसन अफ मान्टेन गाइड एसोसियसन (आइएफएमजिए) का गाइड मिग्मा ग्याल्जी शेर्पाले भने । तीनै जनाले सुरक्षित र बहादुरीका साथ पर्वत आरोहण गरेको शेर्पाले जानकारी दिए ।

उनीहरूको यस अभियानमा इम्याजिन नेपाल ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिले साथ दिएको हो । 

निमा जङ्मु शेर्पाले यसअघि नै महिलामा ८ हजार माथिका हिम शिखर आरोहणमा त्रिपल हेडर कीर्तिमानी कायम गरिसकेकी छन् । उनी २०१८ मा २५ दिन भित्रमा ३ उच्च हिमाल सगरमाथा, लोत्से र कञ्चनजंगा हिमाल चढेकी थिइन् । उनी विश्वको तेस्रो उच्चतम शिखरमा खडा हुने पहिलो नेपाली महिला बनेकी हुन् । 

उनीहरूमध्ये सबैभन्दा कान्छी दावा फुटी शेर्पा हुन् ।



अर्की छिरिङ नम्ग्याले भने एनएमआइएद्वारा आयोजित परिचयात्मक पर्वत आरोहणको कोर्स गरेकी थिइन् । यसका साथै उनले आधार शिविरमा माउन्ट रेस्क्यु कोर्स समेत गरेकी थिइन् । सगरमाथा आरोहण पूर्व तीनै जना दिदी बहिनीले वैशाख ११ गते लोप्चे हिमालको पनि सफल आरोहण गरेका थिए ।



  • प्रकाशित मिति : बैशाख २९, २०७८ बुधबार १७:५१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया