प्रदेश २ मा रिक्त रहेको समानुपातिक प्रदेशसभा सदस्यमा कादरी मनोनीत

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रदेश नम्बर २ मा रिक्त रहेको समानुपातिक तर्फको प्रदेशसभा सदस्यमा नेतृ पस्मिना कादरीलाई मनोनीत गरेको हो । 

कादरीलाई मनोनीत गरिएको कुरा संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिएका हुन् । 

कादरीलाई सभामुख सरोजकुमार यादवले आजै शपथग्रहण गराएर पदभारसमेत ग्रहण गराएका छन् । 

पर्सा निवासी कादरी अखिल नेपाल महिला संघ क्रान्तिकारीकी नेतृ हुन् ।

सर्वोच्च अदालतले नेकपालाई ब्युँताएपछि नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग हुँदासमेत ४ जना प्रदेशसभा सदस्य एमालेमै रहेका थिए । 

एमालेमै रहने निर्णय गरेपछि माओवादी केन्द्रले रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरलाई कारबाही गरेको थियो ।



उनीहरुलाई माओवादीले कारबाही स्वरूप पार्टीको साधारण सदस्यबाट समेत निलम्बन गरेको थियो । 

माओवादी केन्द्रले चारजना नेतालाई निलम्बन गरेको एक महिना नबित्दै समानुपातिक तर्फबाट कादरीलाई मनोनीत गरिएको हो । कादरीलाई मुस्लिम कोटाबाट प्रदेशसभा सदस्यमा मनोनीत गरिएको छ ।
 



  • प्रकाशित मिति : बैशाख ३०, २०७८ बिहीबार १८:१७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया