नेपालले बोलाए आफूपक्षीय नेताको बैठक, ओलीसँगको सहमतिबारे 'ब्रिफिङ' गर्ने

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूपक्षीय नेताहरुको बैठक बोलाएका छन्। कोरोना जितेर निको भएका अर्का वरिष्ठ नेता झलनाथ खनालसहितको बैठकमा नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग हिजो चपली हाइटमा भएको वार्ता र त्यहाँ जुटेको सहमतिबारे ब्रिफिङ गर्ने भएका छन्। 

नेपाल समूहको उक्त बैठक भर्चुअल हुनेछ। जुममार्फत बस्ने बैठकमा ओलीसँगको सहमति तथा आफ्नो भावी रणनीतिबारे नेपालले नेताहरुलाई बताउने भएका छन्।

उक्त बैठकमा केन्द्रीय सदस्यहरुलाई पनि बोलाइएको छ। ओली-नेपाल अन्तरविरोधका कारण एमाले फुट्न लागेका बेला हिजो सहमति जुटेको थियो। दुई नेताबीचको छलफलपछि बनेको सहमतिलाई नेपालले आफूपक्षीय नेताहरुसँग बताएपछि थप रणनीति बनाउने भएका छन्। 

ओलीले २०७५ जेठ २ आसपास पुगेर एमालेलाई अगाडि बढाउन तयार भएपछि आज नेपाल पक्षका केही नेताहरु मन्त्री बन्‍न सक्ने बताइएको छ। तर नेपाल पक्षले यो बैठकपछि मात्रै सरकारमा जाने नजाने निर्णय लिने भएको छ।





  • प्रकाशित मिति : बैशाख ३१, २०७८ शुक्रबार १४:५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया