जनता समाजवादी पार्टी नेपाल (जसपा) संसदीय दलका नेतामा राजेन्द्र महतो चयन भएका छन्। प्रथम अध्यक्ष महन्थ ठाकुरसहितको उपस्थितिमा हिजो भएको संसदीय दलको बैठकले महतोलाई नेता बनाउने निर्णय गरेको हो।
जसपमा महतोलाई बहुमत २० जना सांसदले समर्थन गरेपछि उनलाई दलको नेता छानिएको हो। जसपाका एक सांसदका अनुसार हिजै भक्तपुरको डोलेश्वरस्थित रिसोर्टमा उपस्थित बहुमत २० सांसदले महतोलाई नेता बनाएका हुन्।
महतोलाई दलको नेता बनाएको निर्णयलाई ठाकुर पक्षले भोलि पार्टी कार्यालयमा दर्ता गराउने तयारी गरेको छ। जसपा दलको नेता छान्दा अर्को पक्षमा उपेन्द्र यादव र डा. बाबुराम भट्टराईहरु भने सहभागी थिएनन्। यससँगै महतो अब केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने पक्का भएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।