जसपा संसदीय दलको नेतामा राजेन्द्र महतो
फाइल तस्बिर

जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलका नेतामा राजेन्द्र महतोलाई चयन गरिएको छ । बहुमतको आधारमा महतोलाई दलको नेता चयन गरेको सांसद् उमाशंकर अरगरियाले जानकारी दिए ।

'२० जना सांसदको उपस्थितिमा महतोलाई संसदीय दलको नेता बनाउने निर्णय गरेका हौं', उनले भने, 'भोलि पार्टी कार्यालय खुलेपछि निर्णय दर्ता गराउँछौँ ।'

महन्थ ठाकुर पक्षका सांसदहरूको बैठकबाट महतोलाई छानिएको बताइएको छ । संसदीय दलको नेता चयनसम्बन्धी बैठकमा उपेन्द्र यादव पक्ष भने सहभागी थिएनन् ।





  • प्रकाशित मिति : बैशाख ३१, २०७८ शुक्रबार १७:३७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया