सुर्खेतमा जेठ १५ गतेसम्म निषेधाज्ञा जारी

सुर्खेतमा जारी निषेधाज्ञा जेठ १५ गतेसम्म थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले जेठ १५ गते राति १२ बजेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो । यसअघि वैशाख १४ गते राति १२ बजेबाट जारी गरिएको निषेधाज्ञा वैशाख ३१ गते राति १२ बजेबाट सकिँदैछ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को सिफारिसमा प्रमुख जिल्ला अधिकार छविलाल रिजालको टोलीले जिल्लाभर निषेधाज्ञा जारी गरेको हो । 

यदि कसैले निषेधाज्ञा उल्लंघन गरेमा संक्रामक रोग ऐन, २०२० को दफा ३ बमोजिम एक महिना कैद वा एक सय जरिवाना वा दुवै सजाए हुने प्रशासनले जारी गरेको छ । निषेधाज्ञा अवधिभर सार्वजनिक यातायात, निजी सवारी साधन, तालिम गोष्ठी, सेमिनार, समुदायसँग प्रत्यक्ष सम्पर्क गरी सञ्चालन गरिने विभिन्न कार्यक्रम बन्द गर्न प्रशासनले आग्रह गरेको छ ।





  • प्रकाशित मिति : बैशाख ३१, २०७८ शुक्रबार १९:३३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया