सिंहदरबार वार्ता सकियो : कार्यदल सदस्य तय गर्ने जिम्मा ओली-नेपाललाई
भीम रावलले भने : २०७५ जेठ २ लाई आधार मानेर सहमति हुन्छ

नेकपा एमालेको विवाद मिलाउन सिंहदरबारमा करिब ३ घण्टादेखि जारी वार्ता सकिएको छ। एमाले नेता भीमबहादुर रावलका अनुसार आजको बैठकले पार्टीलाई २०७५ जेठ २ आसपास लगेर सहमति खोज्ने निचोड निकालेको छ। 

नेता रावलका अनुसार त्यसका लागि कार्यदल निर्माणको सहमति भएको छ। 'आजको बैठकले २०७५ जेठ २ लाई आधारमा मानेर अरु प्रयोजनमा छलफल हुने गरी सहमति जुटाएको छ', रावलले भने, 'त्यसका लागि कार्यदल बनाउने टुंगो लागेको छ। कार्यदलका सदस्यहरुको नाम माधव नेपाल र केपी ओली तय गर्नुहुनेछ।'

नेता रावलले त्यही सहमति अनुसार फेरि भोलि या पर्सि वार्तामा बस्ने गरि आज नेताहरु उठेको जानकारी दिए। 'फेरि तत्कालै बस्ने गरी आज हामी उठेका छौँ', उनले भने, 'वार्ता पनि अघि बढ्छ, अध्यक्ष र वरिष्ठ नेताले कार्यदलका सदस्य तय गरेपछि विवादको निरुपणका उपायको पनि खोजी हुँदै जान्छ।'

अर्का नेता रघुजी पन्तले वार्ता सौहार्दपूर्ण भएको प्रतिक्रिया दिए। 'हामीबीच वार्ता सौहार्दपूर्ण भएको छ', उनले भने, 'थप सहमतिका प्रयास जारी राख्ने गरी हामी आज उठेका छौँ।'

आजको बैठकमा माधव पक्षले शुक्रबार बसेको केन्द्रीय कमिटी सदस्य सम्मिलित भर्चुअल बैठकले बैठकबाट तय गरेका एजेन्डा त्यहाँ राखेको थियो।

नेपाल समूहले ओलीसँग तीन बटमलाइन अघि सारेको छ। जसअनुसार २०७५ जेठ २ गतेको स्थायी कमिटी बैठक बोलाउनुपर्ने, स्थायी कमिटीले केन्द्रीय कमिटी लगायतका बैठकको तय गर्ने र ओली पक्षले फागुन २८ गते र त्यसपछि एकपक्षीय रुपमा निर्णयहरू फिर्ता हुनुपर्ने बटम लाइन बैठकमा राखेको थियो। 
 



भिडियो



  • प्रकाशित मिति : बैशाख ३१, २०७८ शुक्रबार २१:४५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया