चीनले प्रक्षेपण गरेको अन्तरिक्षयान मंगल ग्रहमा अवतरण गर्न सफल

चीनले प्रक्षेपण गरेको अन्तरिक्षयान मंगल ग्रहमा अवतरण गर्न सफल भएको छ । शनिबार बिहान चीनले प्रक्षेपण गरेको अन्तरिक्षयान 'झुरोङ' रोभर मंगल ग्रहमा अवतरण गर्न सफल भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

६ वटा पाङ्ग्रा भएको ‘झुरोङ ’ नामक यान ३२० मिलियन किलोमिटर पार गर्दै मंगल ग्रहको उत्तरी गोलार्धमा सफल अवतरण गरेको बिबिसीले उल्लेख गरेको छ । झुरोङलाई बोकेको तियानवेन-१ अर्बिटर गत फेब्रुअरीमै मंगलको सतहमा पुगेको थियो । 

तर, शनिबार मात्रै झुरोङले मंगल ग्रहको सतहमा सफल अवतरण गरेको हो । बिबिसीका अनुसार चीनले अवतरण गराएको झुरोङको तौल २४० केजी रहेको र सोलार उर्जाबाट सञ्चालन हुनेछ ।

बिबिसीका अनुसार झुरोङको सफल अवतरणसँगै चीन मंगल ग्रहमा सफलतापूर्वक रोभर अवतरण गराउने दोस्रो मुलुक बनेको छ । यसअघि अमेरिकाले मात्रै रोभर मंगल ग्रहमा राख्न सफल भएको समाचारमा उल्लेख छ ।





  • प्रकाशित मिति : जेठ १, २०७८ शनिबार ८:४६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया