जनता समाजवादी पार्टी(जसपा)को उपेन्द्र यादव पक्षका केन्द्रीय कार्यकारिणी सदस्यहरुको बैठक बसेकोमा महन्थ ठाकुरले आपत्ति जनाएका छन् । उनले पार्टी कार्यालयमा अहिले कार्यकारिणी समितिको बैठक बसिरहेको भन्ने खरबप्रति गम्भीर ध्यानकर्षण भएको बताएका छन् ।
जसपाको पार्टी कार्यालयमा बालकुमारीमा यादव पक्षका सांसद तथा कार्यकारिणी सदस्यहरुको बैठक चलिरहेका बेला ठाकुरले विज्ञप्ति जारी गर्दै बैठकबारे आफूहरुलाई थाहा नभएको बताएका छन् । साथै उनले पार्टीले कुनै बैठक पनि नबोलाएको दावी गरेका छन् ।
काठमाडौंमा उपलब्ध केन्द्रीय कार्यकारिणी सदस्यहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि बैठक बोलाइएको जानकारी पूर्वमन्त्री समेत रहेका यादव पक्षका सांसद मोहमद इस्तियाक राईले दिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।