पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय सरकारको प्रस्ताव राखेको प्रष्टिकरण दिएका छन् ।
डा. भट्टराईले आफूले प्रधानमन्त्री ओलीलाई भेटेर महा विपत्तिको उन्मुख देशलाई निकास दिनका लागि राष्ट्रिय सरकारको प्रस्ताव राखेको सामाजिक सञ्जालमार्फत प्रष्टिकरण दिएका हुन् ।
यसअघि एक टेलिभिजन कार्यक्रममा बोल्दै सत्तारुढ नेकपा एमालेका सांसद महेश बस्नेतले बाहिर ओलीको विरोध गर्दै हिँडेका बाबुराम आफैँ प्रधानमन्त्री बनाइदिनुस् भन्दै बालुवाटार पुगेको बताएका थिए ।
बस्नेतको सोही भनाइको जवाफ दिँदै डा. भट्टराईले आफू राष्ट्रिय सरकारको प्रस्ताव लिएर बालुवाटारमा ओलीलाई भेट्न गएको बताएका हुन् । उनले महाविपत्ति उन्मुख देशलाई निकास दिन आफूले ब्यक्ति ओली नभएर प्रधानमन्त्री ओलीलाई भेटेको बताए ।
भट्टराईले लेखेका छन्, 'मैले वर्तमान/पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाउँ भनेकै हो । वहाँले नमानेपछि अरूलाई नभनेको हुँ । अझै पनि धारा ७६(५) बमोजिम बनाउन सकिन्छ । सोचौँ !'
प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो-महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले ब्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो।मैले वर्तमान/पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊॅ भनेकै हो।वहाॅले नमानेपछि अरूलाई नभनेको हुॅ।अझै पनि धारा७६(५)बमोजिम बनाउन सकिन्छ।सोचौं! https://t.co/PPC5YhVfFc
— Baburam Bhattarai (@brb1954) May 16, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।