महामारीको पीडा : अक्सिजनका लागि दौडधुप, तन्नामा आफन्तको शव

कोरोना संक्रमणको दोस्रो लहरबाट सबैभन्दा बढी प्रभावित स्थान मध्येको एक संघीय राजधानी काठमाडौँ हो। 

अहिले काठमाडौंका सबैजसो अस्पतालमा कोभिड–१९ बिरामीको उपचार भइरहेको छ। ती अस्पतालमा जाँदा हरेक समय मन अमिलो हुने खालका दृश्यहरु देखिन्छन्।

आइतबार बिहान वीर अस्पतालको आकस्मिक कक्ष अगाडि पुग्दा त्यस्तै देखिन्थ्यो। 

अस्पतालमा भर्ना भएका आफ्ना बिरामीका लागि अक्सिजनको जोहो गर्न आफन्तहरुको दौडधुप देखिन्थ्यो । कोही भरि अक्सिजनको सिलिण्डर लिएर अस्पतालभित्र छिरिरहेका थिए । कोही खाली सिलिण्डर बोकेर अक्सिजनको खोजीमा निस्किरहेका थिए। 



अस्पतालमा बेड खाली नभएपछि अक्सिजनसहित रहेका बिरामी अन्यत्र अस्पतालमा जान भन्दै बाहिर निस्किएर एम्बुलेन्समा चढ्दै थिए । ती बिरामीलाई त्यहाँ ठाउँ खाली नभएपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा लैजान लागिएको उनका आफन्तले बताए। 



एक वृद्ध र एक युवक तन्नामा पोको पारेको अवस्थामा शव बोकेर एम्बुलेन्समा हालिरहेका थिए । उनीहरुका आफन्तले अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका हुन्। 

समयमा अस्पतालमा बेड तथा आइसियू भेन्टिलेटर नपाएर, अक्सिजनको अभावमा बिरामी र उनका आफन्तहरु भौतारिइरहेका छन् । आइसियू. भेन्टिलेटर तथा अक्सिजन नपाएर धेरैले ज्यान पनि गुमाइरहेका छन् । 

  • प्रकाशित मिति : जेठ २, २०७८ आइतबार १३:४८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया