प्रधानमन्त्रीको कार्यकक्षमै एक्ला एक्लै वार्तामा जुटे ओली-नेपाल

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यकक्षमै एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच एक्ला एक्लै वार्ता सुरु भएको छ। दुई नेताबीच एमालेलाई एक बनाइराख्न निर्माण गरिने कार्यदलका सदस्य तय गर्नेसहित एजेन्डामा छलफल हुने एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले बताएका छन्।

आजको वार्ता दुई नेताबीच प्रधानमन्त्रीको नयाँ कार्यकक्षमै सुरु भएको हो। शुक्रबारको वार्तामा दुवै पक्षबाट कार्यदलमा बस्न सक्ने नेताहरुलाई पनि राखिएको थियो। तर आज दुईजना नेताबीच मात्रै एक्ला एक्लै वार्ता भएको हो। 

यसअघि विभाजनको डिलमा पुगिसकेको एमाले एक हुनुपर्ने भन्दै दबाब बढेपछि दुई नेताबीच सहमति भएको थियो। राजीनामा लिएर सिंहदरबार पुगेका नेपाल समूहका नेताहरुलाई ब्याक गराएर ओलीले सहमति गर्ने प्रतिवद्धता जनाएका थिए। 

तर, एमाले बैठकमा माओवादीबाट पुस ५ पछि आएका रामबहादुर थापा बादल सहभागी भएसँगै नेपाल समूहका नेताहरु सशंकित भएको छ। नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा लैजानुपर्ने अडान राखेको छ। 





  • प्रकाशित मिति : जेठ २, २०७८ आइतबार १४:५२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया