जनकपुरमा फुड बैंकको निःशुल्क भोजन अभियान

आइसोलेसन तथा अस्पतालमा रहेका व्यक्तिका लागि जनकपुरधामस्थित एक सामाजिक संस्थाले निःशुल्क भोजनको प्रबन्ध मिलाएको छ ।

आइसोलेसन तथा अस्पतालमा बसेका खाना बनाइदिने र पुर्‍याउने व्यक्ति कोही नरहेकाहरुका लागि यस्तो सेवा सुरु गरिएको हो ।

जसको कोही सहयोगी छैन उनीहरुको सेवाका लागि फुड बैंक धनुषाले बिहान र बेलुका निःशुल्क भोजन उपलब्ध गराउने बैंकका रुबी झाले बताइन् । 

उनले जनकपुरधामभित्र बिहान र बेलुकाको समयमा निःशुल्क खाना व्यवस्था गरेका हुँदा आवश्यक पर्ने व्यक्तिले फोन तथा ह्वाटएप्स गरी सेवा लिनसक्ने जानकारी दिएकी छन् ।

फुड बैंक धनुषाले बिहानको खानाका लागि ७ देखि ८:३० बजेसम्म र बेलुकाको खानाका लागि २ देखि ३:३० बजेसम्म सम्पर्क गर्नसक्ने जनाएको छ ।





  • प्रकाशित मिति : जेठ २, २०७८ आइतबार १८:५७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया