उपेन्द्र यादवविरुद्ध जसपाकै सांसदको मुद्दा सर्वोच्चमा दर्ता
लुम्बिनीका सभामुखलाई पनि विपक्षी बनाइयो

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध उनकै दलका प्रदेश सांसदहरुले हालेको मुद्दा सर्वोच्च अदालतमा आइतवार दर्ता भएको छ । 

लुम्बिनी प्रदेशबाट पदमुक्त गरिएका जसपाका ४ सांसदले उपेन्द्र यादवसहित माओवादीबाट निर्वाचित प्रदेशसभा सभामुख पूर्णबहादुर घर्तीविरुद्ध हालेको रिट निवेदन आज दर्ता भएको हो। 

यादवले पार्टी विधानविपरीत एकलौटी कारबाही गरेर प्रतिशोध साँधेको केसमा माओवादीका सभामुखले हेर्दै नहेरी कानुन विपरीत सदर गरेको भन्दै उनीहरुले हालेको रिट दर्ता भएको हो। 

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध आएको अविश्वास प्रस्तावबाट पछि हटेर मन्त्री भएका चार सांसद सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा र कल्पना पाण्डेलाई यादवले वैशाख १४ गते बसेको भनिएको कार्यकारिणी बैठकबाट कारबाही गरेका थिए। बस्दै नबसेको बैठकमा बहुमतको हस्ताक्षर जुटाएर प्रदेशसभामा बुझाउँदा वैशाख १६ गते सभामुख घर्तीले उनीहरुलाई पदमुक्त गरेका थिए । 

पदमुक्त गर्नुअघि जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रदेशसभामा पत्र पठाई जसपाले उनीहरूमाथि कारबाही नगरेको जनाएका थिए। प्रदेश समिति नै नबनेको अवस्थामा प्रदेशको काम प्रदेशसभा संसदीय दलले नै गर्ने जानकारी उनले गराएका थिए।

तर, सभामुख घर्तीले ठाकुरको पत्रलाई अस्वीकार गर्दै यादव पक्षको कारबाही सदर गरिदिँदा चार सांसदको पद गएको थियो। उनीहरुले उतिबेलै सर्वोच्चमा हालेको मुद्दा कोरोना महामारी भन्दा दर्ता भएको थिए। 



कोभिड महामारी भन्दै सुरुमा रिट दर्ता गरेको सर्वोच्चले आज दर्ता गरेर आवश्यक कारबाही अघि बढाएको छ। सर्वोच्चले सेवा बढाएपछि उत्प्रेषणको आदेशबाट प्रदेशसभाको कारवाही बदर गर्न मागसहित चार सांसदको रिट दर्ता भएको हो। 



  • प्रकाशित मिति : जेठ २, २०७८ आइतबार १९:१०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया