इटालियन ओपनको उपाधि राफायल नाडाललाई

इटालियन ओपन टेनिसको उपाधि स्पेनिस खेलाडी राफायल नाडालले हात पारेका छन् ।

उनले विश्व नम्बर १ सर्बियाका नोभाक जोकोभिचलाई ७–५, १–६ र ६–३ ले पराजित गर्दै उपाधि जितेका हुन् ।

पहिलो सेट टाइब्रेकरमा ७–५ ले आफ्नो पक्षमा पारेका नाडालले दोस्रो सेट १–६ ले गुमाए । तर, तेस्रो तथा अन्तिम सेट ६–३ ले जित्दै उनले १०औँ पटक इटालियन ओपनको उपाधि हात पारे ।

महिला तर्फको उपाधि इगा स्विटेकले हात पारेकी छन् । उनले कारोलिना प्लिस्कोभालाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पारिन् ।

स्विटेकले दुवै सेट समान ६–० ले आफ्नो पक्षमा पार्दै उपाधि हात पारिन् ।





  • प्रकाशित मिति : जेठ ३, २०७८ साेमबार १०:२३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया