'मदन-आश्रित कै नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोज्दैछ'

सत्तारुढ नेकपा एमालेका नेता वामदेव गौतमले जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रित कै बाटोमा लागेर समाजवाद निर्माण गर्ने संकल्प गरेका छन् । मदनआश्रित स्मृति दिवसका दिन गौतमले उनीहरुले देखाएको बाटोमा हिँड्ने संकल्प गरेका हुन् ।

अहिले पनि आफू मदन-आश्रितले निर्माण गरेको समाजवादको बाटो पछ्याउँदै हिँडिरहेको भन्दै आफू समाजवादको बाटोमा हिँड्ने संकल्प गरेका हुन् । 

मदन-आश्रितले देखाएको बाटोमा हिँड्नु भनेको विखण्डन र आपसी द्वेषबाट मुक्त हुनु, सहकार्यको दिशामा अग्रसर हुनु भएको गौतमको भनाइ छ ।

नेता गौतमले आपसी सहकार्य मदन-आश्रितको बाटो भएको तर अहिले उनीहरुकै नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोजेको बताएका छन् । सामाजिक सञ्जालमार्फत गौतमले पार्टीमा अहिले सहकार्यको भावनाअनुसार गतिविधि नभएको उल्लेख गरेका छन् । 

गौतमले लेखेका छन्, म आजको दिनमा पार्टीका सबै तहका नेता, कार्यकर्ता कमरेडहरूमा नेकपा (एमाले) सहित वृहत् वाम एकतामार्फत उहाँहरूको मार्गदर्शनलाई सार्थक बनाउने प्रेरणा मिलोस् भनी कामना गर्दछु ।

जसका लागि नेताहरुले आ–आफ्ना हठ, दम्भ र एकाधिकारयुक्त चिन्तनबाट मुक्त भएर जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्ने नेता गौतमको भनाइ छ ।





  • प्रकाशित मिति : जेठ ३, २०७८ साेमबार ११:४६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया