युएन एजेन्सीहरुलाई महामारी नियन्त्रणमा सहयोग गर्न प्रदेश सरकारको अपील

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणका लागि आवश्यक सहयोग गर्न प्रदेशस्थित राष्ट्र संघीय निकाय (युएन एजेन्सी) हरुलाई अपील गरेका छन् । 

प्रदेश नीति तथा योजना आयोगको संयोजनमा मुख्यमन्त्री निवासमा सोमबार सम्पन्न युएन एजेन्सीहरूसँगको छलफलमा मुख्यमन्त्री राउतले महामारी नियन्त्रणका लागि अतिआवश्यक देखिएको भेन्टिलेटर, अक्सिजन ग्यासको आपूर्ति, औषधी, जनशक्ति र भ्याक्सिन उपलब्ध गराई दिन अपील गरेका हुन् । 

युएन एजेन्सीजहरुले मुलुकलाई गर्दै आएको सहयोग प्रदेशमा खासै नपुगेको गुनासो गर्दै मुख्यमन्त्री राउतले युएन एजेन्सीहरूबाट आउने सहयोग प्रदेश २ सम्म ल्याउनका लागि पहल गर्न समेत प्रदेशस्थित प्रतिनिधिहरूलाई आग्रह गरे । 

युएन एजेन्सीजहरुले हालसम्म माहामारी नियन्त्रणमा गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै मुख्यमन्त्री राउतले आगामी दिनमा समेत सहयोगको अपेक्षा व्यक्त गरे । 

छलफलमा सामाजिक विकासमन्त्री नवल किशोर साह, मुख्यन्यायाधिवक्ता दीपेन्द्र झा, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, युएनडिपीका धनबहादुर चन्द, युएनडीएसएसका जितेन्द्र जंग कार्की, डब्लुएचओका डा. सुरेशकुमार शुक्ला, आइओएमका पंकजलाल सिंह, युनिसेफका अशोक कुमार झा र युएनएफपिएका नरेन्द्र मिश्र लगायतको सहभागिता थियो ।





  • प्रकाशित मिति : जेठ ३, २०७८ साेमबार १७:४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया