भारतीय राजदूतले उद्घाटन गरे अग्रवाल भवनको आइसोलेसन सेन्टर

काठमाडौं : नेपाल चिकित्सक संघले कमलपोखरीको अग्रवाल भवनलाई क्वारेन्टिन र आइसोलेसन सेन्टर बनाएको छ। कोभिड-१९ महामारीविरुद्ध लडिरहेका चिकित्सकहरुको व्यक्तिगत स्वास्थ्य सुरक्षाका लागि संघले अग्रवाल सेवा केन्द्र, हिन्दु सेवक संघ नेपाल, सेवा इन्टरनेशनल नेपाल तथा उपकार सेवा नेपालसँग मिलेर अग्रवाल भवनमा १०० शय्याको क्वारेन्टिन सेन्टर बनाएको हो। 

यसलाई केही दिनभित्रै आइसोलेसन सेन्टर बनाएर सञ्चालन गर्ने तयारीमा संस्थाहरुले लागेका छन्। आइसोलेसन सेन्टरको भारतीय राजदूत विनय मोहन क्वात्राले भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन्। 

चिकित्सक संघका महासचिव डा. बद्री रिजालका अनुसार उक्त क्वारेन्टिन सेन्टर चलाउन चिकित्सक संघको तर्फबाट केन्द्रीय सदस्य डा. प्रमोद जोशीको संयोजकत्वमा संघका केन्द्रीय सदस्य डा. रितेश थापा, बरिष्ठ प्रशासकिय अधिकृत मिलनचन्द्र खनाल सम्मिलित ३ सदस्य समिति बनाइएको छ।

क्वारेन्टिन सेन्टरमा स्वस्थ खाना उपलब्ध गराइने पनि रिजालले बताए। केही समयपछि संचालन गरिने आइसोलेसन सेन्टरमा अक्सिजन, अत्यावश्यक औषधि तथा स्वास्थ्य परीक्षणका लागि चिकित्सक एवं स्वास्थ्यकर्मी उपलब्ध हुनेछन्। 





  • प्रकाशित मिति : जेठ ३, २०७८ साेमबार १८:५५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया