\
राष्ट्रियसभामा खाली रहेको पदका लागि लुम्बिनी प्रदेशबाट दुईजनाको उम्मेदवारी परेको छ । यही जेठ १७ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा लुम्बिनी प्रदेशबाट नेपाली काँग्रेस र नेकपा माओवादी गठनबन्धनबाट कपिलवस्तुका दीर्घनारायण पाण्डे र नेकपा एमालेबाट अर्घाखाँचीका चन्द्रबहादुर खड्काले उम्मेदवारी दिएका छन् ।
यसअघि पाण्डे नेकपा एमालेबाट प्रदेशसभा सदस्य विजयी भए पनि उक्त पदबाट राजीनामा दिई नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । खड्का नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन् । आआफ्ना पार्टी छोडी फरक पार्टीमा गएका पाण्डे र खड्का रिक्त रहेको राष्ट्रिय सभा सदस्यको एक पदका लागि चुनावी मैदानमा उत्रिएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।