सेरमले तत्काल कोरोना खोप निर्यात नगर्ने, नेपाल पनि प्रभावित

भारतीय खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटले तत्काल खोप निर्यात नगर्ने भएको छ । कोभिसिल्ड खोप उत्पादन गर्दै आएको सेरमले एक विज्ञप्ति जारी गर्दै भारतको खोप अभियानलाई प्राथमिकतामा राखेको जनाएको छ । 

कम्पनीले भारतको खोप अभियानलाई प्राथमिकतामा राखेका कारणले तत्काल खोप निर्यात नगर्ने कम्पनीले जनाएको हो । कम्पनीको उक्त घोषणापछि नेपालसहित विभिन्न देशको खोप कार्यक्रम प्रभावित हुने भएको छ । 

यसअघि आफ्नो देशका नागरिकलाई खोप नलगाएर निर्यात गरिएको भन्दै चर्को विरोध हुँदै आएको थियो । आफ्ना देशका नागरिकलाई मारेर बाहिरका देशलाई खोप निर्यात गरेको भन्दै चर्को विरोध भएपछि सेरमले यस्तो निर्णय गरेको हो । 

सेरमले नेपालबाट १० लाख डोज खोपका लागि पैसा पनि बुझिसकेको छ । यसअघि १० लाख डोज भने चार डलरको दरले दिएको थियो । 

नेपालले २० लाख डोज किनेकोमा १० लाख डोज मात्रै दिएको थियो । अब बाँकी खोप कहिले दिने वा के गर्ने भन्ने विषयमा सेरमले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।





  • प्रकाशित मिति : जेठ ५, २०७८ बुधबार १०:३५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया