इङ्ल्यान्डकाे टेस्ट टिममा परेनन् आइपिएल खेलेका खेलाडी

इङ्ग्ल्यान्डले इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेर भर्खरै स्वदेश फर्किएका खेलाडीलाई बाहिर राख्दै न्युजिल्यान्ड विरुद्धको टेस्ट सिरिजका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ ।

इङ्ग्ल्यान्डले घरेलु मैदानमा हुने २ खेलको टेस्ट सिरिजका लागि जो रुटको कप्तानीमा घोषणा भएको टोलीमा आइपिएल खेलेका १२ खेलाडी अटाएका छैनन् ।

ती १२ खेलाडीमध्ये टेस्ट टिममा पर्न सक्ने अलराउन्डर साम करण, मोइन अली, विकेटकिपर ब्याट्सम्यान जस बट्लर र जोनी बेरिस्टोलाई आराम दिइएको इङ्ल्यान्ड क्रिकेट बोर्डले जनाकारी दिएको छ । 

कोरोना महामारीका कारण आइपिएल स्थगित भएपछि उनीहरु वैशाख २२ मा स्वदेश फर्किएका थिए । इङ्ल्यान्ड सरकारको नियम अनुसार त्यहाँ अनिवार्य रुपमा १० दिन क्वारेन्टिाइनमा बस्नुुपर्छ ।

बेन स्टोक्स र जोफ्रा आर्चरले चोटमा कारण सिरिज गुुमाउँदा विकेटकिपर ब्याट्सम्यान जेम्स ब्रेसी र तीव्र गतिका बलर ओली रोबिन्सले पहिलोपटक टेस्ट टिममा स्थान बनाएका छन् ।

इङ्ल्यान्ड–न्युजिल्यान्ड सिरिज अन्र्तगत पहिलो टेस्ट लन्डनस्थित लड्र्स क्रिकेट मैदानमा जुुन २ देखि ६ सम्म हुनेछ । दोस्रो टेस्ट बर्मिङ्घमस्थित एजबेस्टन क्रिकेट मैदानमा जुन १० देखि १४ सम्म हुनेछ ।



इङ्ल्यान्डको १५ सदस्यीय टेस्ट टोली : जो रुट (कप्तान), स्टुुअर्ट बोर्ड, जेम्स एन्डरसन, रोरी ब्रुुन्स, ओली स्टोन, डोम सिब्ले, ज्याक क्राउली, ड्यान लरेन्स, ओली पोेपे, बेन फोक्स, मार्क उड, ज्याक लेन्च, क्रेग ओभरटन, ओली रोबिन्स र जेम्स ब्रेसी (विकेटकिपर) ।



  • प्रकाशित मिति : जेठ ५, २०७८ बुधबार १०:५८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया