अस्ट्रेलिया र इङ्ग्ल्यान्डबीच डिसेम्बर ८ देखि एसेज सिरिज

विश्वकै बहुचर्चित टेस्ट सिरिज 'द एसेज' को मिति तय भएको छ । सिरिजमा टेस्ट क्रिकेटका दुुई उत्कृष्ट टोली  प्रतिस्पर्धा गर्नेछन् । 
 
पाँच खेलको यो सिरिज यसपटक अस्ट्रेलियाले आयोजना गर्दैछ । सिरिजको पहिलो खेल डिसेम्बर ८ देखि १२ सम्म ब्रिसबेन, दोस्रो टेस्ट डिसेम्बर १६ देखि २० सम्म एडिलेड, तेस्रो टेस्ट डिसेम्बर २६ देखि ३० सम्म मेलवर्नमा हुनेछ ।

चौथो टेस्ट जनवरी ५ देखि सिड्नी र पाँचौ तथा अन्तिम टेस्ट जनवरी १४ देखि १८ सम्म पर्थमा खेलाइने छ । 

अस्ट्रेलिया इङ्ग्ल्यान्डमाथि जित हात पार्दै उपाधि रक्षा गर्ने प्रयासमा हुनेछ । इङ्ल्यान्ड पनि उपाधि घर फर्काउने दाउमा हुनेछ ।

यी दुईबीच हालसम्म ७१ एसेज सिरिज भएको छ । जसमा अस्ट्रेलिया ३३ र इङ्ग्ल्यान्डले ३२ सिरिज आफ्नो पक्षमा पर्दा ६ सिरिज बराबरीमा सकिएको छ । 

यी दुईले पहिलोपटक सन् १८८२÷८३ मा एसेज सिरिज खेलेका थिए । ३ खेलको यो सिरिज इङ्ग्ल्यान्डले २–१ ले आफ्नो पक्षमा पारेको थियो ।

अस्ट्रेलियाले पहिलोपटक १९९१–९२ को सिरिजमाथि कब्जा जमाएको थियो । उसले घरेलु भूमिमै भएको उक्त ३ खेलको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको थियो ।
इङ्ग्ल्यान्डले पछिल्लोपटक सन् २०१५ मा घरेलु भूमिमै भएको ५ खेलेको सिरिज ३–२ ले जितेको थियो ।



अस्ट्रेलियाले पछिल्लोपटक सन् २०१७÷१८ मा घरेलु भूमिमै भएको ५ खेलको सिरिज ४–० ले जितेको थियो । १ खेल बराबरीमा सकिएको हो ।

सन् २०१९ मा भएको ५ खेलको सिरिजमा दुवै टोलीले २–२ खेल आफ्नो पक्षमा पार्दा १ खेल बराबरीमा सकिएको थियो ।



इङ्ल्यान्डमा भएको सिरिज बराबरीमा सकिएपछि साविक विजेता अस्ट्रेलियालाई विजेता घोषणा गरियो । यो सिरिज दुवै देशले पालैपालो आयोजना गर्ने गर्दछन् ।

  • प्रकाशित मिति : जेठ ५, २०७८ बुधबार १२:५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया