‘जयतु संस्कृतम्’ले संस्कृतमै वक्तृत्वकला र श्लोकवाचन प्रतियोगिता गर्ने

जयतु संस्कृतम् आन्दोलनको हीरक जयन्ती वर्षका अवसरमा राष्ट्रव्यापी अनलाइन संस्कृत वक्तृत्वकला तथा श्लोक वाचन प्रतियोगिता हुने भएको छ । जयतु संस्कृतम् ले दिएको सूचना अनुसार प्रतियोगितामा क्रमशः प्रथम, द्वितीय र तृतीय हुनेलाई ५०००, ३००० र २००० पुरस्कार प्रदान गरिने छ । 

प्रतियोगितामा कक्षा १२ सम्मका एउटा विद्यालयका १ जना छात्र र १ जना छात्रा गरी २ जनाले भाग लिन पाउने छन् । वक्तृत्वकला र श्लोक वाचनको भिडियो ज्येष्ठ २६ गतेसम्म पठाउनु संस्थाले जनाएको छ । वक्तृता कार्यक्रम ज्येष्ठ ३० र श्लोक वाचन ज्येष्ठ ३१ दिनको १ बजे हुनेछ । प्रतियोगिताका विजेतालाई असार १ गते जयतु संस्कृतम् दिवसका दिन पुरस्कार वितरण गरिने छ । 

थप जानकारीका लागि सूचना हेर्नु होस्





  • प्रकाशित मिति : जेठ ५, २०७८ बुधबार १५:२०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया