कोरोना कहरमा किसानलाई भ्याइनभ्याइ (फोटो फिचर)

देशभर अहिले कोरोना कहर छ। कोरोनाको महामारी चलिरहेका बेला देशमा करिब ७३ जिल्लामा निषेधाज्ञा छ। तर राजधानी सहर भक्तपुरकै गाउँतिर पस्ने हो भने अलग्गै दृश्य देख्न पाइन्छ। 

भक्तपुरमा खेतीयोग्य जमिन बाँकी रहेका चाँगुनारायणसहितका क्षेत्रमा यतिबेला किसानलाई भ्याइनभ्याइ छ। कोरोनाबाट जोगिन मास्क लगाएरै उनीहरु यति बेला खेतीमा होमिएका छन्। 

चाँगुनारायण नगरपालिका झौखेलमा कृषकहरुलाई अहिले गहुँ काटेर थन्काउने चटारो छ। कोभिड-१९ का कारण भक्तपुरमा पनि स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको छ। तर किसानलाई निषेधाज्ञाको डरभन्दा खेतीबाट बाली उठाउने चिन्ता छ। 

उनीहरु निषेधाज्ञाको प्रवाह नगरी खेतबारीबाट बिहानैदेखि साँझसम्म गहुँ काट्ने, थेसरबाट दाना र नल छुटाउने काममा निरन्तर खटिरहेका छन्। अहिले गहुँ थन्काउँदै किसानहरुले भुसलाई आगो लगाउने काममा लागिरहेको स्थानीय कृषक कृष्णकुमार बासुकलाले बताए। 

अहिले परिरहेको सिमसिमे पानीले पनि उनीहरुलाई छेकेको छैन सात वर्षीय बालकदेखि ६० वर्षीय वृद्धसम्म खेतमा रमाउँदै काममा लागेका छन्। 

यस वर्ष समयमै पानी परेकाले गहुँ उत्पादन बढ्ने अनुमान कृषकको छ। कोरोनाविरुद्धको पहिलो डोजको भेरोसेल खोप उनीहरुले नगरपालिकामा लगाएका छन्। कोभिड-१९ सँग सर्तक रहेर दैनिकी चलाउन उनीहरु अभ्यस्त भइसकेका छन्। गहुँ निकालेपछि अब धानको बीउ राख्ने तयारीमा कृषकहरु जुटिसकेका छन्। 





  • प्रकाशित मिति : जेठ ५, २०७८ बुधबार १७:४१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया