कोरोनाबाट निधन भएमा भरतपुर महानगरले निशुल्क शववाहन र दाउरा दिने

भरतपुर महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएमा अन्त्येष्टिका लागि निःशुल्क शववाहन उपलब्ध गराउने भएको छ । महानगरले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । 

महानगरले कोरोना संक्रमितको निधन भएमा अन्त्येष्टिका लागि निःशुल्क शववाहन, एक्साभेटर तथा दाहसंस्कार गर्न दाउरा निःशुल्क खरिदको व्यवस्था गर्ने निर्णय गरेको छ । महानगर प्रमुख रेणु दाहालले विज्ञप्तिमार्फत उक्त निर्णय सार्वजनिक गरेकी हुन् । 

महानगरले निकालेको विज्ञप्तिमा देशकै ठूला सरकारी अस्पताल मध्येको भरतपुर अस्पताल, विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल र दुई ठूला मेडिकल कलेजसहितका अन्य निजी अस्पतालहरूले चितवनसहित अन्य धेरै जिल्लाका कोभिड बिरामीहरूलाई सेवा प्रदान गर्दै आएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, 'महानगरवासी तथा अन्य जिल्लाका कोभिड–१९ को संक्रमणबाट उपचारका क्रममा ज्यान गुमाउने व्यक्तिलाई महानगरका तर्फबाट शववाहन निशुल्क रूपमा उपलब्ध गराउनुका साथै अन्त्येष्टि कार्यका लागि दाउरा खरिदमा लाग्ने तीन हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।'





  • प्रकाशित मिति : जेठ ७, २०७८ शुक्रबार ७:१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया