जसपाले बोलायो संसदीय दलको बैठक

जनता समाजवादी पार्टीले संसदीय दलको बैठक बोलाएको छ । दलका नेता राजेन्द्र महतोले पार्टी संसदीय दलको बैठक बोलाएका हुन् ।

जसपाको संसदीय दलका नेता महतोले बोलाएको संसदीय दलको बैठकमा आफूपक्षीय सांसदहरुलाई मात्रै बोलाइएको स्रोतले बताएको छ । 

अध्यक्ष महन्थ ठाकुर र महतो पक्षका सांसदहरुको भेलाबाट दलको नेता चयन भएका महतोले बिहान ११ बजेका लागि दलको बैठक बोलाएका हुन् । बैठकमा संविधानको अन्तिम विकल्पअनुसार सरकार गठनका विषयमा छलफल हुने एजेण्डा रहेको बताइएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतमा नगई नयाँ सरकारका लागि बाटो छाड्ने भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनको आह्वान गरेकी छन् । 

राष्ट्रपतिबाट संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि आज साँझ ५ बजेसम्मको अवधि दिएको सन्दर्भमा छलफल गर्न दलको बैठक बोलाइएको जसपाले जनाएको छ ।

यसअघि ठाकुर–महतो र प्रधानमन्त्री केपी शर्मा अ‍ोलीबीच बिहीबार राति अबेरसम्म बालुवाटारमा छलफल भएको थियो । त्यसलगत्तै दुवै नेता ओलीसँगै राष्ट्रपति भवन शीतलनिवास पुगेका थिए ।





  • प्रकाशित मिति : जेठ ७, २०७८ शुक्रबार ९:३०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया