बाबुराम भट्टराई भन्छन्, 'लौरो उभ्याएरै भएपनि वैकल्पिक सरकार दिऊँ'

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लौरो उभ्याएर भएपनि वैकल्पिक सरकार दिनका लागि आह्वान गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो आह्वान गरेका हुन् । 

संसद, संविधान, लोकतन्त्रको रक्षा आजको मुख्य कार्यभार रहेको भन्दै भट्टराईले जे गरेर यी सबैको रक्षा हुन्छ, त्यसै गरेर अब अगाडि बढ्नका लागि सबै विपक्षी दललाई आग्रह गरेका छन् । 

वैकल्पिक सरकार बनाउनका लागि सबैले आवश्यक त्याग र बलिदान गर्न पनि भट्टराईले आग्रह गरेका छन् । उनले लेखेका छन्, 'लौरो उभ्याएर भएपनि ७६(५) को वैकल्पिक सरकार दिऊँ ! आजै गरौँ, अहिल्यै गरौँ !'

भट्टराईले तत्काल वैकल्पिक सरकार अहिलेको आवश्यकता भएको बताए । उनले विपि, पुष्पलालदेखि अहिलेको पुस्तासम्मले लडेर ल्याएको संविधान र लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्ने बताए । 





  • प्रकाशित मिति : जेठ ७, २०७८ शुक्रबार १०:१७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया