फ्रन्टलाइनरलाई ५० प्रतिशत जोखिम भत्ता : मन्त्रालयले अस्पतालहरूसँग माग्यो विवरण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को उपचारमा खटिएका फ्रन्टलाइनरलाई ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने भएको छ । 

मन्त्रिपरिषद्को वैशाख १९ गते बसेको बैठकले गरेको निर्णयको आधारमा मन्त्रालयले उपचार प्रत्यक्ष खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने भएको हो । 

त्यसका लागि मन्त्रालयले सबै अस्पतालहरूसँग कोभिड–१९ को पहिचान, निदान र उपचार, एम्बुलेन्स सञ्चालन, शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, सरसफाइकर्मी र सुरक्षाकर्मीको विवरण मागेको हो । 

फ्रन्टलाइनमा खटिएर काम गरेकाहरूलाई ६ महिनासम्म सुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले कर्मचारीको नाम, पद, कर्मचारी संकेत नम्बर, कोभिडमा खटिएका कर्मचारीको ड्युटी रोष्टर, स्थायी लेखा नम्बर, बैंक खाता नम्बर र वैशाख महिनाको पे–रोल विवरण दिन भनेको छ । 

यसअघि, फ्रन्टलाइनर स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएपनि फ्रन्टलाइनर सुरक्षाकर्मीले भने पाएका थिएनन् । अहिले भने मन्त्रालयले सबैको विवरण माग गरेको हो । 





  • प्रकाशित मिति : जेठ ७, २०७८ शुक्रबार ११:२५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया