नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले हस्ताक्षर गर्न अस्वीकार गरेका छन्।
उनले आफ्नै दलको सरकार ढालेर विपक्षीलाई सत्तामा लैजाने प्रस्तावमा हस्ताक्षर गर्न राजनीतिक रुपमा अनुचित हुने भन्दै उक्त प्रस्तावमा हस्ताक्षर गर्न अस्वीकार गरेका हुन्।
एमालेमा विवाद देखिएदेखि मिलाउने प्रयासमा लागिरहेका भट्टराईले देउवालाई प्रम बनाउने प्रस्तावमा हस्ताक्षर अस्वीकार गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच चलिरहेको विवाद मिलाउन पछिल्लो समय उनी खटिएका थिए।
उनले ओली र नेपाल दुवैलाई भेटेर पार्टीको विवाद वार्तामा बसेर मिलाउन दबाब दिँदै आएका थिए। उनीसहितका दोस्रो तहका नेताहरुको निरन्तर दबाबपछि ओली-नेपाल वार्तामा बसेर सहमति जुटाउने बिन्दुमा पुगेका थिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।