किट खरिद गरी हस्तान्तरण गर्न सुर्खेतका स्थानीय तहलाई अनुरोध

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले अस्पतालमा आवश्यक पर्ने पिसिआर किट तथा एक्स्ट्राक्सन किट खरिद गरी अस्पतालाई हस्तान्तरण गर्न स्थानीय तहलाई आग्रह गरेको छ ।

प्रदेश अस्पताल अन्तर्गत पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्नुपर्ने नमुना अत्यधिक भएका कारण नतिजा आउन ढिलाइ भएको, परीक्षणका लागि किट समेत अभाव देखिएकाले छिटो नतिजा प्राप्त गर्ने वातावरण मिलाउन किट खरिद गरी हस्तान्तरण गर्नुपर्ने बताएको छ । प्रशासनले किट खरिद गरी अस्पतालको पिसिआर प्रयोगशालामा हस्तान्तरण गर्न अनुरोध गरेको छ त्यसमा प्रदेश अस्पतालले सहजीकरण गर्ने बताइएको छ ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा बसेको बैठकले प्रत्येक स्थानीय तहको वडास्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिलाई थप क्रियाशील तुल्याई काम गर्नका लागि अनुरोध गर्ने, प्रहरीसँगको समन्वयमा टोलटोलमा चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, नियम उल्लंघन गर्ने वा स्वास्थ्यसम्बन्धी मापदण्डको पालना नगर्नेलाई कारबाही गर्ने, प्रत्येक टोलटोलमा निगरानी समूह गठन गरी घरका कुनै पनि सदस्य अत्यावश्यक काम नपरी बाहिर निस्किन नदिने, वडा अध्यक्षको संयोजकत्वमा स्वास्थ्यकर्मीसहित संयुक्त अनुगमन समिति निर्माण गर्ने जस्ता निर्णय गरेको छ । 

कोरोना परीक्षण र उपचारका लागि अत्यावश्यक पर्ने औषधी लगायतका स्वास्थ्य उपकरण वर्षात् अगावै खरिद गरी मौज्दात राख्ने, हाल सबैतिर अक्सिजनको अभाव भएको हुँदा तत्कालको अप्ठ्यारो टारी जीवन रक्षा गर्नका लागि केही थान मात्र भए पनि अक्सिजन कन्सन्टे«टर मेसिनको व्यवस्था गर्नु उपयुक्त हुने हुँदा र मेसिनहरू बिजुलीबाट चल्ने भएकाले भरपर्दा व्याकअपको पनि व्यवस्था गर्न स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
 





  • प्रकाशित मिति : जेठ ७, २०७८ शुक्रबार १९:४५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया