देउवाले राष्ट्रपतिलाई 'तिमी' सम्बोधन गर्दा प्रधानमन्त्री ओलीको आपत्ति

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिलाई आदरार्थी शब्द 'तिमी' प्रयोग गर्दै निकालेको विज्ञप्तिप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति प्रकट गरेका छन्। 

सरकारी निवास बालुवाटारमा शनिबार आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधनका क्रममा ओलीले देउवाले पार्टीको तर्फबाट निकालेको विज्ञप्तिमा राष्ट्रपतिलाई तिमी भनिएको भन्दै रोष प्रकट गरेका हुन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीले १४९ जना सांसदको समर्थनसहित शुक्रबार आफूले दाबी गर्दा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त नगरेको भन्दै विज्ञप्ति निकालेका थिए। विज्ञप्तिमा राष्ट्रपतिले प्रतिनिधिसभा पनि विघटन गरेर असंवैधानिक काम गरेको आरोप लगाएका थिए।

देउवाले निकालेको विज्ञप्तिको भाषामा राष्ट्रपतिलाई उच्च आदरार्थी शब्द प्रयोग नगरिएकोमा प्रधानमन्त्री ओली शनिबार आपत्ति प्रकट गरेका हुन्। देउवाको विज्ञप्तिको भाषामा कहीँ तिमी प्रयोग गरिएको थियो भने कहीँ तपाईंको भाषा प्रयोग गरिएको थियो। 

'अझै पनि हामीलाई सम्मानित पदमा पुगेका जनताका छोराछोरीलाई सम्मान नगर्दा हुन्छ भन्ने हामीलाई लागेको छ', ओलीले भनेका छन्, 'कांग्रेस सभापतिले पनि गरिमा राख्न भुल्नुभयो। आजकै विज्ञप्तिमा राष्ट्रपतिलाई यसो गरिन् भनेर लेखिएको देखेँ। यसले नै गणतन्त्रलाई खुइल्याउने षड्यन्त्र कति गहिरो भएको छ भन्ने पुष्टि गरेको छ।'





  • प्रकाशित मिति : जेठ ८, २०७८ शनिबार १६:४७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया