'राजनीतिक समस्याको समाधान अराजनीतिक छक्का पञ्जाले गर्दैन'

सत्तारुढ नेकपा एमालेका नेता तथा पूर्वमन्त्री घनश्याम भुसालले राजनीतिक समस्याको समाधान अराजनीतिक छक्का पञ्जाले नगर्ने बताएका छन् । भुसालले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । 

सरकारले संसद भंग गर्दै मध्यावधि चुनाव घोषणा गरेपछि नेता भुसालले घुमाउरो पारामा प्रधानमन्त्री केपी शर्मा ओलीले अराजनीतिक छक्का पञ्जाको चाल चलेको आरोप लगाएका छन् । 

भुसालले कुनै व्यक्ति वा संस्थाको नाम नलिएरै सत्तामा रहनेले राजनीतिक समस्याको समाधान अराजनीतिक छक्का पञ्जाको चाल चल्ने गरेको भन्दै त्यसले राजनीतिक समस्याको समाधान ननिस्कने बताए । 

भुसाल लेख्छन्, 'सत्ताधारी वर्गले आफ्नो ऐतिहासिक वैधता गुमाउँदै गएपछि नागरिकलाई भ्रमित पारेर, उनीहरुको पङ्क्तिमा विभाजन देखाएर, कसैलाई तर्साएर र अरुलाई किनेर, कतिलाई मानपदवी दिएर, कैयनलाई बदनाम गरेर समाजमा नक्कली वैधता सिर्जना गर्न अनेक प्रयत्न गर्छ । वास्तवमा परिणाम विपरित हुन्छ ।' 

भुसालले सत्ताधारीले जति जति त्यस्तो चर्तिकला देखाउँदै जान्छ, क्रान्तिले उत्तिकै वैधता पाउँदै जाने बताए । भुसालका अनुसार यस्तो अवस्थामा सत्ताले समस्या व्यक्तिमा देख्छ र साम, दान, दण्ड, भेदजस्ता समाधानका उपायहरु अपनाउँछ । 

मार्क्सलाई उधृत गर्दै भुसालले समस्या केवल व्यक्ति वा व्यक्तिहरुको नभएर त्यस्ता व्यक्ति जन्मिने वस्तुगत अवस्थाको भएको निष्कर्ष निकालेका छन् । उनले राजनीतिक समस्याको समाधान अराजनीतिक छक्का पञ्जाले गथ्र्यो भने आजका विश्वविद्यालयहरुमा मुख्य रुपले छक्कापञ्जाशास्त्र कै अध्यापन हुने पनि उल्लेख गरे ।



 



  • प्रकाशित मिति : जेठ ९, २०७८ आइतबार ७:२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया