पाकिस्तान प्रिमियर लिग (पिएसएल) को फ्रेन्चाइज टोली लाहोर कलन्दर्सले नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई रिलिज गरेको छ ।
पिएसएलको अक्सनमा बिक्री नभएपनि अफगानिस्तानका राशिद खानले अन्तर्राष्ट्रिय खेलका लागि बीचमै छाडेका कारण कलन्दर्सले सन्दीपलाई लिएको थियो ।
कोरोनाका कारण लिग स्थगित हुनुअघि लाहोर पुगेका सन्दीप १ खेल पनि नखेली नेपाल फर्किएका थिए ।
लाहोरले सन्दीपको स्थानमा राशिदलाई नै टिममा बोलाएको छ । पिएसएलका बाँकी २० खेल युएईको आबुधाबीमा हुनेछन् ।
जुन १ देखि पुनः सञ्चालनमा आउने लिगमा ६ फ्रेन्चाइज टोलीको सहभागिता छ ।
लाहोर ४ खेलमा ३ जित र १ हारको नतिजा सहित ६ अंकका साथ लिगको चौथो स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।