नेपाली एयरलाइन्सले स्वदेशी दुग्धजन्य पदार्थ प्रयोग गर्ने

नेपाली एयरलाइन्सले स्वदेशमा नै उत्पादन भएको दूध तथा दुग्धजन्य पदार्थ प्रयोग गर्ने भएका छन् । नेपाली एयरलाइन्सका यात्रुले  नेपालमै उत्पादन भएका नौनी, चीज, दहीलगायत दुग्धजन्य पदार्थ उपयोग गर्ने भएका छन् ।

कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालसँग नेपाल वायुसेवा निगमका पदाधिकारीले गरेको छलफलपछि सो निर्णय गरिएको हो । नेपाल दुग्ध विकास संस्थानको कार्यक्रममा मन्त्री अर्यालले नेपाली किसानको हितलाई ध्यानमा राख्ने हो भने स्वदेशी उत्पादनको उपयोगको विकल्प नरहेको जानकारी दिइन् । 

नेपालमा एक अन्तरराष्ट्रिय विमानस्थलसहित अन्य ५० विमानस्थल छन् । सोमध्ये २९ सञ्चालनमा छन् । अन्य पाँच निर्माणाधीन छन् । नेपालमा अहिले ३० एयरलाइन्स कम्पनीले लाखौँको सङ्ख्यामा यात्रु ओसारपसार गरिरहेका छन् । हवाइजहाजका यात्रुले स्वदेशी दूध तथा दुग्धजन्य पदार्थ उपयोग गरिदिने हो भने लाखौँ किसानको हित हुने  संस्थानका अध्यक्ष बाबुराम पाण्डेले बताए ।  नौनी, चीज, दहीलगायत उत्पादन उपयोग गर्ने भएका छन् ।  





  • प्रकाशित मिति : जेठ ९, २०७८ आइतबार १८:३२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया