केपी ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट

सर्वोच्च अदालतमा केपी शर्मा ओलीलाई धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै रिट पेस भएको छ । 

उच्च अदालत बार पाटनका सचिवसमेत रहेका अधिवक्ता कृष्ण भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिको माग गर्दै रिट पेस गरेका हुन् ।

प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्ने स्पष्ट आधारसहित ओलीले पेस गरेको संख्यालाई नमानी राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति संविधानको धारा ७६ (५) विपरित रहेको भन्दै भण्डारीले रिट पेस गरेका हुन् ।

बहुदलीय व्यवस्थामा पार्टीका आधिकारिक निकायले यति सदस्य छन् भनेर दाबी गरेपछि त्यो नै आधिकारिक हुने भएकाले राष्ट्रपतिले एमालेका १२१ र जसपाका ३२ सांसदको दाबी दुवै दलका अध्यक्ष तथा संसदीय दलका नेताबाट पेस भएकाले त्यसलाई मान्नुपर्ने रिटमा उल्लेख छ । 

‘केपी ओलीको दाबी आधिकारिक छ र उहाँले स्पष्ट बहुमतको आधार पेस गर्नुभएको छ । तर, त्यो आधारको विपरीत शेरबहादुर देउवाले पनि एमालेका सांसदको नाम राखेकोमा दाँजेर दोहोरो नाम परेको भनेर अस्वीकृत गर्नु संविधानविपरीत भएकाले ओलीलाई धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै मैले रिट लगेको छु, सोमबार ११ बजे दर्ताका लागि बोलाइएको छ,’ भण्डारीले भने ।

विपक्षी गठबन्धनले पनि सोमबार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री घोषित गर्न माग गर्दै रिट दायर गर्ने तयारी गरेको छ । यस्तै, प्रकृतिका अन्य २४ वटा रिट पनि अदालतमा पुगेका छन् ।



आज कुनै पनि रिट दर्ता नभएको सर्वोच्च प्रशासनले जनाएको छ । 
 



  • प्रकाशित मिति : जेठ ९, २०७८ आइतबार १८:४३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया