स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका ३५ अस्पतालमा आइसियु, भेन्टिलेटर र अक्सिजन प्लान्ट जोड्न झण्डै ३ अर्ब बजेट विनियोजन गरेको छ ।
ती अस्पतालहरूमा ३६० आइसियु, १८० भेन्टिलेटर, १९ अक्सिजन प्लान्ट, २६ अक्सिजन ट्यांकका लागि २ अर्ब ९३ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए ।
मन्त्रालयले अक्सिजन प्लान्ट र अक्सिजन ट्यांक खरिदका लागि समेत बजेट विनियोजित गरेको हो । कोरोना महामारीका कारण देशभर अक्सिजनको अभाव भएपछि मन्त्रालयले एकैपटक अस्पतालहरूमा अक्सिजन प्लान्ट र अक्सिजन ट्यांक किन्ने योजना अघि सारेको हो ।
कुन अस्पताललाई कति बजेट ?
कोसी अस्पताल ६ करोड ८० लाख
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान १८ करोड ८० लाख
गजेन्द्र नारायण अस्पताल ३ करोड ८० लाख
नारायणी अस्पताल ९ करोड ८० लाख
भरतपुर अस्पताल ९ करोड ८० लाख
प्रसूति गृह ६ करोड ८० लाख
धुलिखेल अस्पताल ६ करोड ८० लाख
वीर अस्पताल ३० करोड ८० लाख
गंगालाल अस्पताल ८० लाख
ट्रमा सेन्टर ९ करोड
मनमोहन कार्डियो ८० लाख
नेपालमा प्रहरी अस्पताल ९ करोड ८० लाख
एपिएफ अस्पताल ९ करोड ८० लाख
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ३ करोड
वीरेन्द्र अस्पताल ९ करोड
सिभल अस्पताल ६ करोड ८० लाख
कान्ति बाल अस्पताल ६ करोड ८० लाख
पाटन अस्पताल १२ करोड ८० लाख
टिचिङ अस्पताल १२ करोड
भरतपुर अस्पताल ८० लाख
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ९ करोड ८० लाख
जिपी कोइराला अस्पताल ९ करोड
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान ९ करोड
भेरी अस्पताल १५ करोड
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ८० लाख
डडेल्धुरा अस्पताल ६ करोड ८० लाख
मेची अस्पतालमा ९ करोड
प्रादेशिक अस्पताल जनकपुर ९ करोड ८० लाख
भक्तपुर अस्पतालमा ३ करोड ८० लाख
बागलुङ अस्पताल ३ करोड
भीम अस्पताल भैरहवा ३ करोड ८० लाख
लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ९ करोड ८० लाख
सुर्खेत प्रादेशिक अस्पताल १२ करोड ८० लाख
सेती प्रादेशिक अस्पताल ६ करोड ८० लाख
महाकाली अस्पताल ९ करोड ८० लाख
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।