भिमार्जुनको आह्वान : सार्वभौमसत्तामाथि खतरा देखियो, त्यसलाई सफल हुन नदिऊँ

संविधानविद् भिमार्जुन आचार्यले महामारीको समयमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली मिलेर नेपाललाई फिजीको नियतिमा पुर्याउने नागरिकता अध्यादेश जारी गरेको बताएका छन् । 

आचार्यले सामाजिक सञ्जालमार्फत महामारीको समयमा आएको अध्यादेशले नेपाललाई फिजीको अवस्थामा पुर्याउने बताए । उनले ओली राष्ट्रघातको कित्तामा उभिएको दिनदेखि आफूहरुले विरोध गरेको र उनको गुट र कार्यकर्ताहरू आफूविरुद्ध खनिएको पनि आरोप लगाए । 

पहिले आफैले विरोध गर्दै आएको नागरिकता सम्बन्धी विधेयकको व्यवस्थालाई अध्यादेशमार्फत ओली नेतृत्वको सरकारले ल्याएको उनले बताए । अध्यादेशका कारण प्रधानमन्त्री ओलीले भोलि निर्वाचन गरे भने मुलुकको सार्वभौमसत्ता नै बुझाउलान् भन्ने आशंका आचार्यको छ । 

संविधानविद् आचार्यले प्रधानमन्त्री ओलीले सत्ताको लागि जस्तोसुकै सम्झौता गर्ने खतरा देखिएको बताए । उनले लेखेका छन, 'एउटा नेताभन्दा देश ठूलो हो । होसियार होऔँ । त्यो तत्व पचासौँ वर्षको ड्युज यो सरकारमार्फत प्राप्ति गर्ने योजनामा छ । त्यसलाई सफल हुन नदिऊँ ।'





  • प्रकाशित मिति : जेठ १०, २०७८ साेमबार ८:२८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया