शंकर पोखरेलको दाबी : संवैधानिक प्रावधान अनुसार नै नागरिकता अध्यादेश

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा सत्तारुढ नेकपा एमालेका नेता शंकर पोखरेलले सरकारले ल्याएको नागरिकता सम्बन्धी अध्यादेश संविधानमा भएको प्रावधानअनुसार नै भएको दाबी गरेका छन् । 

मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत नागरिकताका सम्बन्धमा संविधानमा व्यवस्था भएअनुसार नै अहिले अध्यादेश ल्याइएको भन्दै यसको विरोधको नगर्न आग्रह गरेका छन् । 

नागरिकता अध्यादेशको विराेध गर्ने भए संवैधानिक प्रावधानको पनि विरोध गर्न उनले आग्रह गरेका छन् । संविधानमा जे ब्यवस्था गरिएको छ, त्यो नै अध्यादेशमा समावेस भएको उनको तर्क छ । 

मुख्यमन्त्री पोखरेलले संविधान कार्यान्वयन गर्नु सबैको कर्तव्य भएको बताएका छन् । संविधानमा भएको व्यवस्थाका लागि अध्यादेश ल्याइएको भन्दै उनले विरोधका लागि विरोध नगर्न भनेका छन् । 





  • प्रकाशित मिति : जेठ १०, २०७८ साेमबार ८:४७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया