अक्सिजन प्लान्ट निर्माण गर्न चौतारा अस्पताललाई ७५ लाख

चौतारा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न ७५ लाख बजेट विनियोजन गरेको छ ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का संघीय सांसद  एवम् पूर्व  कानुन मन्त्री शेरबहादुर तामाङको सिफारिसमा अर्थ मन्त्रालयबाट रु ७५ लाख बजेट विनियोजित गरेको हो । पूर्व मन्त्री तामाङले स्वास्थ तथा जनसंख्या मन्त्रालयमा गत वैशाख २५ गते चौतारा अस्पतालका लागि सो रकम माग गरेका थिए ।

स्वास्थ्य मन्त्रालयले बजेट स्वीकृत गरी अर्थ मन्त्रालयमा पठाएको थियो । अर्थ मन्त्रालयले विनियोजनको निर्णय गरेको तामाङले बताए । जिल्ला सदरमुकाममा सो प्लान्ट निर्माण पश्चात् जिल्लाका विभिन्न स्वास्थ संस्थाहरुमा अक्सिजन अभावको समस्या हल हुने बताइएको छ ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्ने सभामुख अग्निप्रसाद सापकोटाको पनि पहल रहेको तामाङले बताए ।

अर्थ मन्त्रीका स्वकीय सचिव याम पाण्डेका अनुसार कोभिड-१९ बाट अति प्रभावित जिल्लाका अस्पताललाई विशेष ध्यानमा राखिएको र क्रमश: आवश्यकता अनुसार अक्सिजन प्लान्ट निर्माणका लागि बजेट व्यवस्थापन गरिनेछ ।

पूर्व मन्त्री तामाङले यसअघि स्थानीय पूर्वाधार विकास कार्यक्रमको सम्झौता हुन बाँकी ३३ लाख ४० हजार रुपैयाँ रकमान्तर गराई मेलम्ची नगरपालिकामा अक्सिजन प्लान्ट निर्माण गर्न बजेट व्यवस्थापन गरेका थिए ।





  • प्रकाशित मिति : जेठ १०, २०७८ साेमबार १३:४८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया