सर्वोच्चले भन्यो :  प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेट भएकै छैन

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबीच भेटवार्ता नभएको प्रष्टिकरण दिएको छ। सर्वोच्चका सह-प्रवक्ता देवेन्द्र ढकालले मंगलबार एक वक्तव्य निकाले प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश जबराबीच बालुवाटारमा कुनै पनि किसिमको भेटवार्ता नभएको स्पष्ट पारेका छन्। 

‘स्वतन्त्र, निष्पक्ष, सुदृढ र सक्षम न्यायपालिका एवं विधिको शासनको सुनिश्चितता तथा न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिमा सर्वोच्च अदालत सदैव गम्भीर, सचेत र संवेदनशील एवं पूर्ण प्रतिवद्ध रहेकोप्रति विश्वस्त हुन सबैलाई आग्रह गरिन्छ’, विज्ञप्तिमा भनिएको छ ।

स्वतन्त्र, निष्पक्ष, सुदृढ र सक्षम न्यायपालिका एवं विधिको शासनको सुनिश्चितता तथा न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिमा सर्वोच्च अदालत सदैव गम्भीर, सचेत र संवेदनशील एवं पूर्ण प्रतिवद्ध रहेको छ', सर्वोच्चद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

सर्वोच्चले सार्वजनिक भएका समाचारमा सत्यता नभएको भन्दै यसले न्यायपालिकाको स्वच्छता र यसप्रतिको आस्था र विश्वासमा प्रतिकुल प्रभाव पार्ने बताएको छ। केही सञ्चारमाध्यमहरुमा सोमबार प्रधानमन्त्री ओली र प्रधानन्यायाधीशबीच हिजो मध्यराति भेटवार्ता भएको समाचार प्रकाशित भएको थियो ।





  • प्रकाशित मिति : जेठ ११, २०७८ मंगलबार १६:५२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया