चाँगुनारायण र ख्वप अस्पताललाई रु ३०-३० लाख सहयोग

उपकरण खरिदका लागि चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित अस्पताल र भक्तपुर नगरपालिकाद्वारा सञ्चालित अस्पताललाई फरक निकायले रु ३०-३० लाख सहयोग गरेका छन् ।

जिल्ला समन्वय समिति भक्तपुरले कोभिड सङ्क्रमितको उपचार गर्दै आएको चाँगुनारायण नगर अस्पताललाई डिजिटल एक्सरे मेसिन खरिदका लागि ३० लाख रुपैयाँ सहयोग गरेको छ । नगरपालिकाको वडा नं ४ हुचिढुङ्गास्थित आफ्नै भवनमा सञ्चालन गरेको कोभिड अस्पतालमा एक्सरे नुहँदा सङ्क्रमितको उपचारमा समस्या आएको जनाएपछि जिससले उक्त रकम उपलब्ध गराएको जिसस प्रमुख नवराज गेलालले जानकारी दिए ।

यसअघि जिल्ला समन्वय समितिले भक्तपुर अस्पतालमा कोभिड आकस्मिक कक्ष निर्माणका लागि रु १५ लाख सहयोग गरेको थियो । जिससको यही सहयोगबाट अस्पतालमा १५ शय्याको कोभिड आकस्मिक कक्ष निर्माण भई सञ्चालनमा आइसकेको छ ।

यता कोरोना सङ्क्रमित आफ्ना नागरिकका उपचारका लागि भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पताल (कोभिड युनिट) मा अक्सिजन प्लान्ट सञ्चालन हुने भएको छ । नगरपालिकालाई अक्सिजन प्लान्ट स्थापना गर्न विभिन्न सहकारी संस्थाले रु ३० लाख १० हजार १०६ सहयोग गरेका छन् । 

नगरपालिकामा स्थापित प्रकोप व्यवस्थापन कोषमा सहकारी संस्था सिद्धिगणेश र भक्तपुरले रु १०-१० लाख, सङ्गम बचतले रु ५ लाख, बाराही बचतले रु ४ लाख र जिल्ला बचतले रु १ लाख नगरपालिकामा स्थापित प्रकोप व्यवस्थापन कोषमा सहयोग गरेका हुन् । त्यस्तै सूर्यविनायकका घनश्याम देउजाले रु १० हजार १०६ सहयोग गरेको भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।





  • प्रकाशित मिति : जेठ ११, २०७८ मंगलबार १८:२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया