दिगो शान्तिबिना समग्र विकास सम्भव छैन : सभापति देउवा
फाइल तस्बिर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिगो शान्तिबिना विकास सम्भव नहुने बताएका छन् । २५६५ औं बुद्ध जयन्ती तथा उँभौली पर्वका अवसरमा देउवाले बुद्धका सन्देशलाई सबैले मन वचन र कर्मले आत्म साथ गरे मात्रै दिगो शान्ति स्थापना हुने बताए । शान्त र समुन्नत नेपाल निर्माणका लागि हाम्रासामु थुप्रै अवसर भने रहेको उनले भनाइ थियो ।

उनले मुलुक अझै पनि हत्या, हिंसा, अपहरण, मानवअधिकार विरोधी घटनाबाट मुक्त हुन नसकेकोमा दु:ख व्यक्त गरे । 

सभापति देउवाले देश अहिले कोभिड-१९ महामारीको दोस्रो चरणमा रहेको र पहिलेभन्दा दोस्रो  कयौं गुणा भयावह सिद्ध भएको तथा बढ्दो संक्रमणसँगै आइसियु बेड, भेन्टिलेटर र अक्सिजनको अभावमा मृत्यु हुनेको संख्या बढेकामा चिन्ता व्यक्त गरेका छन् । 

यस्तो परिस्थितिमा नागरिक आफैं पनि सचेत हुन जरुरी रहेको जनाउँदै उनले कोभिड-१९ को जोखिमलाई दृष्टिगत गर्दै स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्ण रुपमा पालना गर्न सबैलाई आग्रह गरे । 

सभापति देउवाले शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धका उपदेशलाई सबैले मन, वचन र कर्मले पालन गर्न र  अशान्ति, हत्या र हिंसाको विरोध गर्न आग्रह गर्दै देशमा शान्ति कायम होस् तथा अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सबैले मुक्ति पाऊन् भन्ने कामना पनि गरेका छन् ।





  • प्रकाशित मिति : जेठ १२, २०७८ बुधबार १३:५२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया