प्रतिनिधिसभा विघटनको विरुद्धमा परेका रिटहरुमाथि आज सुनुवाइ हुँदैछ । गत जेठ ७ गते भएको संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा परेका रिटहरुमाथि आज बिहीबार सुनुवाइ हुन लागेको हो ।
विपक्षी गठबन्धनको तर्फबाट १४६ जना सांसदले संसद विघटन असंवैधानिक भएको जिकिर गर्दै र धारा ७६(५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।
त्योसँगै सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध ३० वटा रिटहरु परेका छन् । जसमा ११ वटाको आज र संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ वटा रिटको भने जेठ १४ गते शुक्रबारका लागि पेसी तोकिएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६(५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भन्दै संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध ३० वटा रिट दर्ता भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।