भेरी अस्पताल प्रकरण : कांग्रेस सभापति देउवाले गरे कारबाहीको माग

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने व्यक्तिहरुलाई कारबाहीको माग गरेका छन् ।

नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरूमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य भएको भन्दै सभापति देउवाले उक्त आक्रमणमा संलग्नहरूलाई यथाशिघ्र कारबाहीको माग गरेका हुन् । 

महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु बिरामीको उपचारमा दिनरात खटेका भन्दै सभापति देउवाले स्वास्थ्यकर्मीमाथि भएको घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारबाही गर्न माग गरेका हुन् । 

उपचार गराइरहेका आफन्तको मृत्युपछि  बिहीबार भेरी अस्पतालमा केही मानिसले डाक्टर तथा नर्समाथि कुटपिट र हातपात गरेका थिए । उनीहरूले अस्पतालसमेत तोडफोड गरेका थिए ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्ली बहादुर रावतको मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत र छोराहरू भरत रावतलगायत ४÷५ जनाको समूहले अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण गरेका थिए ।



अस्पतालमा उपचार गराइरहेका रावतको बिहीबार राति ८ बजे मृत्यु भएको थियो । उनको मृत्यु लगत्तै आफन्तहरूले डाक्टर र नर्समाथि आक्रमण र अस्पताल तोडफोड गरेको आरोप लागेको छ ।



  • प्रकाशित मिति : जेठ १४, २०७८ शुक्रबार ९:२८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया