युभेन्टस छाड्ने योजनामा रोनाल्डो

इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले क्लब छाड्ने चाहना व्यक्त गरेका छन् । इटालियन सञ्चारमाध्यमका अनुसार रोनाल्डोले आफ्ना सहकर्मीलाई यही समरमा क्लब छाड्न चाहेको बताएका हुन् । 

सन् २०१८ मा स्पेनिस क्लब युभेन्टस आएका रोनाल्डोले क्लबको अपेक्षा अनुरुप प्रदर्शन गर्न नसकेको आरोप खेप्दै आएका छन् । यो सिजन लिग जित्न असफल युभेन्टसले च्याम्पियन्स लिग छनोटका लागि पनि निकै संघर्ष गर्नुपरेको थियो ।
 
युभेन्टसले लिगको चौँथो स्थानमा रहँदै च्याम्पियन्स लिगमा स्थान बनाएको छ । ३६ वर्षीय रोनाल्डो र युभेन्टस बीचको सम्झौता अर्को वर्षको जुनसम्म रहेको छ तर क्लबमा निरास रहेका उनले यही सिजन टुरिन छाड्न चाहेका हुन् ।

युभेन्टसमा ३ वर्ष बिताउँदा रोनाल्डोले १०१ गोल गर्नुका साथै २२ गोलका लागि अवसर सिर्जना गरेका छन् ।

रोनाल्डोले युभेन्टस छाडेमा उनी आफ्नो पूर्वक्लब म्यानचेस्टर युनाइटेड वा स्पोटिङ सिपी फर्कन सक्ने बताइएको छ । 





  • प्रकाशित मिति : जेठ १४, २०७८ शुक्रबार १०:४५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया