logo-img

बेलायतले दिएको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणको दोस्रो लहर नियन्त्रणका लागि बेलायत सरकारले नेपाललाई स्वास्थ्य सामग्री सहयोग दिएको छ । बेलायतले दिएको सामग्री शुक्रबार काठमाडौं आइपुगेको छ। 

नेपालमा महामारी नियन्त्रणका लागि बेलायत सरकारले दिएको २६० थान भेन्टिलेटर सहितका स्वास्थ्य सामग्री आज बिहान चार्टर्ड विमानबाट काठमाडौं आइपुगेको छ ।

बेलायत सरकारले दिएको स्वास्थ्य सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेकी छन् । 

परराष्ट्र मन्त्रालयका अनुसार सोही उडानबाट च्यारिटी संस्था नेपाल मेड युकेले प्रदान गरेको अक्सिजन कन्सेन्ट्रेटर पनि काठमाडौं ल्याइएको छ ।





  • प्रकाशित मिति : जेठ १४, २०७८ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया