प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा अहिले सुनुवाइ जारी छ । संवैधानिक इजलासमा जारी सुनुवाइमा एक रिटमाथि निवेदकका तर्फबाट एकजनालाई बहस गर्न दिइएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले एक अभिवक्तालाई १० मिनेटको समय दिएका छन् ।
अभिवक्ताहरूले रिट निवेदनमाथि बहस गर्ने क्रम जारी छ । बहसकै क्रममा अभिवक्ता कृतिनाथ शर्मा पौडेलले प्रधानमन्त्री खड्गप्रसाद ओलीले संविधानको ख्यालै नगरी संविधानमाथि खड्ग चलाएको आरोप लगाएका छन् ।
धारा ७६ को उपधारा ३ अनुसार बनेका प्रधानमन्त्रीले राजीनामा पनि नदिई प्रक्रिया ४ बाँकी नै हुँदा एकै पटक उपधारा ७ मा गएर कसरी संसद विघटन गर्नसक्छ ? भनेर इजलासमा प्रश्न गरे।
उपधारा ५ को प्रक्रिया पूरै नगरी ५ मा गएर राष्ट्रपतिले सरकार निर्माणका लागि गरिएको आह्वान नै संविधान विपरीत रहेको जिकिर उनले गरे। ‘उपधारा ४ मै नगई राष्ट्रपति कार्यलयले सिधै आह्वान गरेको यो विषय संविधान विपरीत छ’ अधिवक्ता पौडेलले भने, ‘खड्ग प्रसाद जीले संविधानको ख्यालै नगरी खड्ग प्रहार गर्नुभएको छ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।