‘२ पटक विश्वासको मत नपाएको व्यक्ति फेरि कसरी प्रधानमन्त्री हुन्छ ?'

प्रतिनिधिसभा विघटनसहित विभिन्‍न ३० मुद्दामाथि शुक्रबारदेखि सर्वोच्च अदालतमा बहस सुरु भएको छ। अहिले भइरहेको बहसमा सहभागी अधिवक्ता पूर्ण राजवंशीले प्रतिनिधिसभाबाट विश्वासको मत गुमाएको मान्छे प्रधानमन्त्री हुनै नसक्ने बताएका छन्। 

'प्रतिनिधिसभाको विश्वास गुमाएको मान्छे प्रधानमन्त्री हुन सक्दैन। संविधानको धारा ७६ को कुनै उपधारामा नटेकी संसदको विश्वास नलिई सरकार प्रमुख हुन सक्दैन', उनले भने, 'प्रमले संसदमा दुई पटक विश्वास गुमाउनु भएको छ। त्यस्तो व्यक्ति उपधारा ५ बमोजिम प्रम बन्नै सक्दैन।'

उनले बहसका क्रममा संविधानको धारा ७६ उपधारा २/३ बमोजिम पनि ओलीले मत नपाएको बताए। 'ओलीले धारा ७६ को उपधारा २/३ अनुसार मत पाउनु भएन। ४ अनुसार पनि पाउनु भएन', उनले भने, 'बाध्यात्मक संवैधानिक ब्यवस्था हुँदै गर्दा यो हुनै सक्दैन । संविधान भन्दा  बाहिर गएर विघटनको सिफारिस राष्ट्रपतिले गर्न मिल्दैन।'

राजवंशीले कोरोना महामारीका बेला देशलाई चुनावमा लैजानु गलत भएको बताए। 'कोरोना महामारीको यो घडीमा चुनाव घोषण गर्नु जनतालाई जानाजान आगोमा हाल्नु हो', उनले बहसका क्रममा भने। 





  • प्रकाशित मिति : जेठ १४, २०७८ शुक्रबार १३:५७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया