नेकपा फुटाउने न्यायाधीशमाथि प्रश्न उठेपछि प्रधानन्यायाधीश जबरा आक्रोशित
फाइल फोटो

दोस्रो पटक प्रतिनिधिसभाको विघटन विरुद्ध परेका रिटमाथि सर्वाेच्च अदालतमा शुक्रबारबाट बहस सुरु भएको छ । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शुक्रबार नै संवैधानिक इजलास गठन गरी संवैधानिक इजलासमा सुनुवाई सुरु गरेका छन् । 

संवैधानिक इजलासका एक न्यायाधीशमाथि अधिवक्ताले प्रश्न उठाएका छन् । 

नेकपा विभाजनको फैसला सुनाउने न्यायाधीश बमकुमार श्रेष्ठमाथि अधिवक्ता गोविन्द बन्दीले प्रश्न उठाएका हुन् । 

 नेकपालाई दुई टुक्रा बनाउने फैसला सुनाएका न्यायाधीश श्रेष्ठको निष्पक्षतामाथि शंका रहेको  बन्दीले  बताए । 

‘न्यायाधीश बम कुमार श्रेष्ठको फैसलाले नेकपा दुई टुक्रा पारेको हो । त्यही प्रसंग बाट आएको यो विघटनमा उहाँ बेन्चमा हुनुहुन्छ उहाँको निष्पक्षतामाथि शंका छ’ बन्दीले भने । 



बन्दीले यसो भनेपछि प्रधानन्यायाधीश राणा बम्किए–‘पहिला पनि यस्तै प्रश्न उठेको थियो ।  तपाईंहरूले नै यो न्यायालयको निष्पक्षता जोगाउने हो । आज तपाईंले एकजना न्यायाधीशलाई प्रश्न गर्नू भो, भोलि अर्कोले अर्को न्यायाधीश माथी प्रश्न उठाउलान् । तपाईहरु हामी जजलाई विश्वास गर्नुहोस् । यो इजलासलाई विश्वास गर्नुहोस्।'

यति भन्दा पनि बन्दीले विरोध गरिरहे अनि राणाले इजलास सकिएको घोषणा गरे ।



 अब बाँकी बहस आइतबार हुने प्रधानन्यायाधीश राणाले जानकारी दिए । 

 संवैधानिक इजलासमा जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, बमकुमार श्रेष्ठ,आनन्दमोहन भट्टराई र  तेज बहादुर केसी रहेका छन्। 

  • प्रकाशित मिति : जेठ १४, २०७८ शुक्रबार १४:२८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया