२२. ३६ प्रतिशतले ऋण बढ्यो : पुँजीमा सामान्य वृद्धि

गार्हस्थ्य उत्पादनले मुलुकको आर्थिक व्ययभार थेग्न नसकेपछि प्रत्येक वर्ष ऋणभार बढ्दै गएको छ । आन्तरिक तथा वैदेशिक ऋण लिएर बजेट घाटा परिपूर्ति गर्दै आएको सरकाले चालु आर्थिक वर्षमा २२.३६ प्रतिशतभन्दा बढी ऋण लिएको छ । वैदेशिक तथा आन्तरिक गरी सरकारसँग हाल ९ खर्ब ८९ अर्ब ऋण रहेको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । 

पौडेलले शुक्रबार आर्थिक समीक्षा प्रस्तुत गर्दै पुँजी वृद्धिसँगै ऋण पनि बढेको बताएका हुन् ।  

२८ हजार ३६४ जना रोजगारीमा

सार्वजनिक संस्थान अन्तर्गत आर्थिक वर्ष ०७६/७७ मा प्रत्यक्षरूपमा २८ हजार ३६४ जना रोजगारीमा आबद्ध रहेको सरकारले जनाएको छ। 

पौडेलले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा-२०७८ अनुसार सबैभन्दा बढी जनोपयोगी संस्थानमा १३ हजार ४०४ जना रोजगारीमा छन् । कम व्यापारिक क्षेत्रमा छन् । यसमा १ हजार २७९ जना छन् । 

सञ्चालनमा रहेका ६ संस्थान नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत छन् । सार्वजनिक संस्थानहरूको चुक्ता पुँजी एक वर्षको अवधिमा ८.९४ प्रतिशतले बढेर ३ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ।



अस्तित्वमा रहेका ४४ संस्थानमध्ये पूर्ण सरकारी स्वामित्वका २३ छन् । ५० प्रतिशतभन्दा बढी सेयर रहेका २१ वटा छन् ।



  • प्रकाशित मिति : जेठ १४, २०७८ शुक्रबार १६:२१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया